अक्षय कुमारको फिल्म ‘रामसेतुु’ को फस्ट लुक सार्वजनिक

बलिउड अभिनेता अक्षय कुमारको पछिल्लो फिल्म ‘रामसेतु’ आजबाट फ्लोरमा गएको छ । फिल्मको शुटिंग अयोध्या र उत्तर प्रदेशका विभिन्न स्थानमा गरिने बताइएको छ ।

शुंटिंगको पहिलो दिन अक्षयले आफ्नो नयाँ लुक सार्वजनिक गरेका छन् । तस्बिरमा उनी नौलो अवतारमा देखिएका छन् । उनको कपाल सेतो फुलेका छन् भने चस्मा पनि लगाएका छन् । उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्बिर फ्यानहरुले रुचाएका छन् । अभिषेक शर्माको निर्देशन रहने फिल्मलाई चन्द्र प्रकाशले निमार्ण रहेको छ ।

फिल्म अक्षय सँगै अभिनेत्री ज्याकलीन फर्नान्डीज र नुशरत भरुचाको मुख्य अभिनय रहने छ । फिल्म २०२२ मा रिलिज हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE