अक्षय कुमारको ‘रक्षा बन्धन’ र शाहिद कपूरको ‘जर्सी’ बिच भिडन्त हुने पक्का…

२०१९ मा प्रदर्शन भएको चलचित्र ‘कबिर सिंह’ पछि अभिनेता शाहिद कपूर अब अर्को चलचित्र ‘जर्सी’मार्फत देखिनेछन् । यतिबेला उनी यो चलचित्रको प्रमोसनमा व्यस्त छन् ।  गत आइतबार मात्रै यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । गौतम तिन्नौरीको निर्देशनमा निर्माण भएको चलचित्र यस वर्षको दिपावली ५ नोभेम्बर २०२१ मा प्रदर्शन हुनेछ ।

‘जर्सी’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै यस बर्षको दीपावलीमा दुई ठूला चलचित्रको खतरनाक लडाईँ हुने पक्का भएको छ । यसअघि यो मितिमा आनन्द एल राय निर्देशित तथा अक्षय कुमार अभिनीत चलचित्र ‘रक्षा बन्धन’ ले प्रदर्शन मिति घोषणा गरेको थियो । बलिउडका पपुलर दुई ठूला सुपरस्टार पहिलो पटक आमने–सामने हुन लागेका हुन् । उनीहरुको भिडन्तमा कसले बाजी मार्छ त्यो भने रोचक हुनेछ ।

‘जर्सि’ चलचित्र २०१९ मा प्रदर्शन भएको तमिल चलचित्र ‘जर्सी’ को हिन्दी रिमेक हो, जहाँ एक क्रिकेटर जो क्रिकेट खेलमा निकै माहिर छन्, तर एकाएक उक्त खेल छाड्छन् । तर १० वर्षपछि उ फेरी क्रिकेट दुनियाँमा फर्किन्छ । चलचित्रमा शाहिद दुई लुक्समा देखिनेछन् । २०२१ म प्रदर्शन हुने अक्षय र शाहिदको यी चलचित्र सर्वाधिक प्रतिक्षारत चलचित्र हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE