अख्तियारीको समस्या देखाउँदै जिल्ला अस्पताल मुगुले दिन छाड्यो सुत्केरी भत्ता

हरिकृष्ण एडि, मुगु जिल्ला अस्पताल गमगढि मुगुमा यहि श्रावण १ गते देखि भाद्र ६ गते सम्म प्रसुति गर्न आउने मुगु जिल्ला र छिमेकी जिल्ला हुम्ला बाट आउने प्रसुति सेवा गृहले यातायात खर्च रु ३०००, पोषण खर्च रु २००० र पोटुकल खर्च   रु ८०० गरि कुल ५८०० रकम समयमा पाउन सकेका छैनन् ।

मुगु जिल्ला भरिका सम्बन्धित स्थानीय तहको मातहतका बत्तीस सेन्टर सञ्‍चालन आएता पनि मुगु जिल्लाका स्थानीय बासिन्दाहरुले प्रसुति गराउन बच्चा र आमा दुबैको स्वास्थमा सुधार ल्याउनको लागि जिल्ला अस्पताल गमगढिमा ल्याउने गरेको पाइन्छ। जिल्ला अस्पताल मुगुको प्रसुति तथ्यांकअनुसार श्रावण महिना देखि भाद्र महिनाको पहिलो हप्ता सम्म खत्याड गाउँपालिका का २ जना,कार्मारोङ गाउपालिका का ३ जना र छायानाथ रारा नगरपालिका का ३३ जना छिमेकी जिल्ला हुम्ला बाट १ गरि जम्मा ३९ जना प्रसुति भएका छन।

रारा नगरपालिका वडा नं ४ छायानाथ बस्ने २६ बर्षिय अस्मिता शाहि भण्डारीले दुखेसो पोखे अनुसार न्यानो कार्यक्रम बच्चा र आमा दुबै जनालाई कपडा जिल्ला अस्पतालले उपलब्ध गराएन।

‘मैले सुनेको थिए सुत्केरी यातायात खर्च र पोषण खर्च सुत्केरी महिलाले पाउँने गरेका छन, र पनि म लगायत अरु सुत्केरी दिदीबहिनी हरुले पनि पायनौ,’ उनले भाबुक हुँदै भनिन्।

‘हामी ग्रमिण भेगका महिलाहरु सँग आर्थिक स्थिति कमजोर हुने भएकाले सुत्केरी खर्च पाएको भए एम्बुलेन्सबाट घरसम्म जानेथेँ आफु सँग पैसा नभयको हुँदा दुई दिनको सुत्केरी श्रीमान र बहिनी को सहायताले दुई घण्टा हिडेर घर पुगेको,’ बताइन्।

जिल्ला अस्पताल कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले बताए अनुसार ‘कर्णाली प्रदेशको स्वास्थ मन्त्रालयबाट अख्तियार नआई पुग्दा प्रसुति खर्च समयमै उपलब्ध सकेका छेनौं। न्यानो कार्यक्रम अन्तर्गत बच्चा र आमा लाई दिईने कपडा अस्पताल व्यवस्थापन कोषमा पर्याप्त रकम नहुँदा हामिले उपलब्ध गराउन सकिएको छैन।’

‘अरु बाँकि सुत्केरी खर्च अबको एक हप्ता भित्र उपलब्ध गराउने छौ,’ डा. निर्मल ले बताए।

जिल्ला अस्पताल मुगुले अख्तियारीको समस्या देखाउदै गर्दा टाढाबाट प्रसुति गराउन आएका महिलाहरु सुत्केरी र पोषण खर्च नपाउँदा  हिडेर घर फर्किन बाध्य भएका छन।

 

WRITE COMMENTS FOR THIS ARTICLE