अधिकृत शिवलाल पौडेललाई अख्तियार आयोगको सफाई

घुस रिसवत आरोपमा समातिएका सानो भर्‍याङ्ग यातायात व्यवस्था कार्यालयका अधिकृत शिवलाल पौडेललाई अख्तियार आयोगले सफाई दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले पौडेललाई २०७६ माघ १९ गते नियन्त्रणमा लिएको थियो । गाडीको कर र प्रदूषणबापतको  १३ हजार रुपैयाँ रकम सहित सेवाग्राही दीपक खतिवडासँग घुस लिएको अख्तियारको आरोप थियो।

उक्त आरोप कतैबाट पुष्टि हुन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १९ को देहाय बमोजिम पौडेललाई सफाई दिएको हो।

 

WRITE COMMENTS FOR THIS ARTICLE