राप्रपा : अध्यादेशका कारण प्रजातन्त्र धरापमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले हालै ल्याएको ’राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ अध्यादेश संविधानको भावना विपरित भएको बताएको छ । राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाचन्द्र लोहनीले संयुक्त विज्ञप्ती जारी गरी अध्यादेश अनुपयुक्त र संविधानको भावना विपरित रहेको ठहर भएको बताएका हुन् । राप्रपाले यो कदमले प्रजातन्त्र खतरामा पर्ने सम्भावना बढेको समेत बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE