अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल: स्टोनियामाथि इटलीको ४–० को फराकिलो जित…

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इटलीले स्टोनियासँग फराकिलो जित निकालेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४–० को फराकिलो जित निकालेको हो । इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गरे । त्यस्तै फेडेरिको बेर्नार्डेची र रिकार्डो ओर्सोलिनीले एक एक गोल गरेका थिए । इटलीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १४ औं मिनेटमा ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै २७ औं मिनेटमा फेडेरिकोले गोल गर्दै पहिलो हाफमा इटलीको अग्रता दोब्बर पारेका हुन् । दोस्रो हाफमा भने दुबै गोल पेनाल्टीमा भएका थिए । ७५ औं मिनेटमा ग्रिफोले पेनाल्टीमा गोल गर्दै इटपललाई ३–० को अग्रता दिलाएका हुन् । खेल सकिन चार मिनेट बाँकी रहँदा ओर्सोलिनीले गोल गरे । उनले पनि पेनाल्टीमा गोल गर्दै इटलीलाई स्टोनियामाथि ४–० को फराकिलो जित दिलाए ।

WRITE COMMENTS FOR THIS ARTICLE