अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल: फ्रान्सको ७–१ को फराकिलो जित…

विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले युक्रेनलाई ७–१ ले पराजित गरेको हो । फ्रान्सले एउटा उपहार गोल पाएको हो भने अरु ६ गोल आफैले गरेको हो ।

फ्रान्सका लागि ओलिभर जिरउडले २४ र ३४ औँ मिनेटमा गोल गरे । कामाविन्गाले ९, तोलिसोले ६५ औँ, केलियन एमबाप्पेले ८२ औँ तथा एन्टोनी ग्रिजम्यानले ८९ औँ मिनेटमा गोल गरेका हुन् ।

टर्कीका लागि सीगान्कोभले ५३ औँ मिनेटमा गोल गरे । ३९ औँ मिनेटमा टर्कीका माइकोलेन्कोले आत्मघाती गोल गरेका हुन् । ३४ वर्षका जिरउडले फ्रान्सका लागि १०० औँ खेलमा ४१ र ४२ औँ गोल गरेका हुन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE