अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल: इङ्ल्यान्ड र वेल्स भिड्दै…

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डले आज (बिहीबार) वेल्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । वेम्ब्ले स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । युईएफए नेसन्स लिगको तयारी गरि रहेको इङ्ल्यान्डले वेल्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टोली आजको खेलमा जित निकाल्दै आफू फर्ममा रहेको देखाउन चाहन्छन् ।

नेसन्स लिगअन्तर्गत समूह बीमा रहेको इङ्ल्यान्डले बेल्जियमसँग अक्टोबर ११ तारिखमा प्रतिस्पर्धा गर्न लागेको हो । सोही दिन हुने खेलमा वेल्सले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE