अन्योलमा कोउटिन्होको भविष्य…

बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले सिजनको सुरुवातअघि नै ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होको विषयमा पनि निर्णय लिनुपर्ने छ । ब्राजिलियन मिडफिल्डरको बायर्न म्युनिखसँगको लोन अवधि सकिएको छ । बायर्नले १ सय २० मिलियन खर्चेर उनलाई स्थायी रुपमा क्लबमा राख्ने अधिकार प्रयोग नगरेपछि अब उनी बार्सिलोना नै फर्कनेछन् । अब क्याप नोउ फर्केर उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यनसँग आफ्नो भविष्यका बारेमा छलफल गर्नुपर्नेछ । कोम्यानले पनि कुनै निर्णय गर्नुअघि पक्कै काउटिन्होको विचार बुझ्ने प्रयास गर्नेछन् ।

कोउटिन्होलाई कोम्यानले आफ्नो योजनामा नपारेको खण्डमा उनी प्रिमियर लिग फर्कने अनुमान पनि गरिएको छ । इंग्ल्यान्डमा रहँदा उनले योर्गन क्लोपको नेतृत्वमा लिभरपुलबाट उच्च प्रदर्शन गरेका थिए । क्लब फुटबलमा उनको उच्च प्रदर्शन लिभरपुलकै जर्सीमा रहेको छ ।

प्रिमियर लिगको आर्सनलले पनि उनका बारेमा चासो राख्दै आएको छ । कोउटिन्होका ब्राजिलियन एजेन्टसँगको राम्रो सम्बन्धका कारण त्यसको फाइदा आर्सनललाई पुग्न सक्ने अनुमान गरिएको छ । कोउटिन्हो र बार्सिलोनाका बीचमा हरेक वर्ष उनले पाउने १५ मिलयन युरो पारिश्रमिकको विषय कसरी टुंगाउने भन्ने विषयमा हुन सक्छ ।

कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण थोरै क्लबले मात्र त्यस्तो खालको पारिश्रमिक दिन सक्ने अवस्था रहन्छ । त्यसअर्थ कोउटिन्होलाई क्लबमै राख्नुपर्ने बाध्यता बार्सिलोनाका लागि बोझ पनि बन्न सक्छ । कुनै क्लबले कोउटिन्होलाई किन्न चाहेको अवस्थामा क्याटलान क्लबले ८० मिलयन पाउन्डभन्दा कम रकम स्वीकार गर्ने अवस्था छैन ।

कोउटिन्हो बार्यनमा जानुलाई भने कतिपयले सहि कदम भएको छन् । अरु कुनै विकल्प नदेखिएको खण्डमा बार्सिलोनाका प्रशिक्षक कोम्यान बाज्रिलियन अन्तर्राष्ट्रियको उपस्थितिलाई सुखद मान्ने सम्भावना छ ।

WRITE COMMENTS FOR THIS ARTICLE