अब्दुलाय डुकोरे एभर्टनमा अनुबन्ध…

प्रिमियर लिग क्लब एभर्टनले वाट्फोर्डका मिडफिल्डर अब्दुलाय डुकोरेलाई अनुबन्ध गरेको छ । भर्खरै मात्र स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर हामेस रोड्रिगेजलाई अनुबन्ध गरेको एभर्टनले एक नयाँ मिडफिल्डर अनुबन्ध गरेको हो ।

एभर्टनले आफ्नो अफिसियल साइटमार्फत मिडफिल्डर डुकोरेलाई वाट्फोर्डबाट अनुबन्ध गरेको बताएको हो । एभर्टनसँग तीन वर्षको सम्झातैता गर्दै डुकोरे अनुबन्ध भएका हुन् ।

वाट्फोर्डमा चार सिजन बिताएका डुकोरेले १२९ खेलमा १७ गोल गरेका थिए । यो सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने सोचमा रहेको एभर्टन उत्कृष्ट खेलाडीहरु अनुबन्ध गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE