अब ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सकिने

अब ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन् । ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ । तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट हुन्छन् तब प्रयोगकर्ताले उक्त लिंकमै क्लिक गर्नुपर्दछ ।

त्यसरी क्लिक गरेपछि मात्र युट्युब भिडियो खुल्दछ। यो नयाँ फिचरको परीक्षण चलिरहेको बताइएको छ र हालका लागि आईओएस प्लाटफर्ममा परीक्षण भइरहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE