अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपका घरमा इनकम ट्याक्सको छापा…

बलिउड अभिनेत्री तापसी पन्नु तथा निर्देशक अनुराग कश्यपका साथै अन्य केही चलचित्रकर्मीहरुको घरमा इनकम ट्याक्सको टोलीले छापा मारेको छ। उक्त छापा फेन्टम फिल्म कम्पनीसँग सम्बन्धित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुम्बई र पुणेका करिब २० भन्दा बढी स्थानमा आयकर विभागले छापा मारिरहेको बताइएको छ। यसमा संयोग के छ भने ज–जसको घरमा छापा मारिएको छ, उनीहरु सबै मोदी सरकारका आलोचक हुन्। कश्यप र तापसी सामाजिक सञ्जालमा राष्ट्रिय विषयमा गर्ने बहसका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन्।

WRITE COMMENTS FOR THIS ARTICLE