अमिताभ बच्चन र कौन बनेगा करोडपति निर्माताविरुद्ध एफआईआर…

कौन बनेगा करोडपति-१२ (केबीसी) बाट हालै काममा फर्किएका मेगास्टार अमिताभ बच्चनविरुद्ध एफआईआर दर्ता भएको छ । केबीसी-१२ का निर्माता र होस्ट अमिताभ बच्चनविरुद्ध हिन्दु भावनामा चोट पुर्‍याएको आरोपमा लखनउमा एफआईआर दर्ता गरिएको हो ।

सामाजिक अभियान्ता बेजवाडा विल्सन र अभिनेता अनुप सोनी आएको केबीसीको पछिल्लो एपिसोडमा सोधिएको एक प्रश्‍नका कारण एफआईआर दर्ता भएको हो ।

६ लाख ४० हजार रुपैयाँबराबरको प्रश्‍नमा सोधिएको थियो कि सन् १९२७ डिसेम्बर २५ मा डा. बीआर अम्बेडकर र उनका अनुयायीहरुले कुन शास्त्रपदको प्रतिलिपिहरु जलाए ? विकल्पहरु प्रदान गरिएको थियो, “विष्णु पुराण । भागवत गीता । ऋग्वेद । मनुस्मृति ।”

यसको सही उत्तर मनुस्मृतिबारे बोल्दै अमिताभले डा. बीआरले कसरी हिन्दु धर्मशास्त्र मनृस्मृतिको प्रतिलिपिहरु जलाएको भन्दै वर्णन गरे । जुन कुरालाई लिएर हिन्दु धर्मावलम्बीहरुले हिन्दुहरुको भावनामा चोट पुगेको भन्दै एफआईआर दर्ता गराएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE