अस्ट्रेलियन अलराउन्डर सेन वाट्सनद्वारा खेलजीवनबाट संन्यास घोषणा…

अस्ट्रेलियन अलराउन्डर सेन वाट्सनले आफ्नो खेलजीवनबाट संन्यास लिएका छन् । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्‍नई सुपर किङ्सबाट खेलेका उनले सोमबार कुनै प्रतियोगिता नखेल्ने भन्दै खेल जीवनबाट संन्यास लिएका हुन् । अब उनले क्रिकेटका कुनै पनि प्रतियोगिता खेल्ने छैनन् । उनले आइतबार राति आईपीएलमा चेन्‍नईले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेसँगै संन्यासको घोषणा गरेका जनाइएको छ ।

वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट २०१६ मा संन्यास लिएका थिए । त्यसपछि आईपीएललगायत केही प्रतियोगिता खेल्दै आएका थिए । तर, अब भने उनले क्रिकेट खेलाडीको रुपमा आफ्नो करियरको बिदाइ गरेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE