आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो…

एप्पलको विषयमा विश्वमै सबैभन्दा सही प्रक्षेपण गर्दै आएका नेल साइबर्टका अनुसार एप्पलले नयाँ कोशेढुंगा पार परेको छ । उनले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलद्धारा उत्पादित आईफोनको प्रयोगकर्ता संख्या एक अर्ब नाघेको छ । ‘आईफोनको प्रयोगकर्ता एक अर्ब पुगेका छन । मेराे अनुमान अनुसार यो आँकडा आईफोनले अघिल्लो महिनामै पुरा गरेको हो,’ उनले भनेका छन् ।

उनले अगाडि भने, ‘यसकाे अर्थ आईफोनको बिक्री एक अर्ब पुगेको भन्ने होइन । एक अर्ब आईफोन सन् २०१६ मै बिक्री भइसकेको थियो । आईफोन प्रयोग गर्नेको संख्या एक अर्ब नाघेको हो । आईफोन बिक्री एक अर्ब आईफोन बिक्री सुरु भएको १३ वर्षपछि कम्पनीले यो आँकडा पार गर्न सफल भएको छ ।’ उनका अनुसार आईफोन ट्वेल्भ सिरिज लञ्च हुनुअगाडि नै विश्वमा आईफोन प्रयोगकर्ताको संख्याले एक अर्बको सीमा पार गरेको हो । गत महिनामात्रै आईफोन ट्वेल्भ सिरिजका फोन सार्वजनिक भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE