आईपीएल: आचार संहिता उल्लंघन गरेको आरोपमा क्रिस गेलमाथि कारवाही…

किंग्स इलेभन पञ्जावका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले शुक्रवार राजस्थान रोयल्सविरुद्धको खेलमा ९९ रनको पारी खेले । उनी शतक हान्नबाट मात्र एक रनमा चुके । उनले टी २० करियरमा २३ औँ शतक बनाउन सकेनन् । जसको रिसमा उनले खेलमै आउट भएपछि ब्याट फालेका थिए । उनलाई आचार संहिता उल्लंघन गरेको आरोपमा आईपीएलमा उनीमाथि हरेक म्याचमा फीको १० प्रतिशत जरिबाना तिराइने भएको छ ।

बायाँ हाते ब्याट्सम्यान गेलले आबुधाबीको शेख जायद स्टेडियममा बिस्फोटक ब्याटिङ गर्दै सात छक्का प्रहार गरेर टी २० मा १ हजार छक्काको रेकर्ड बनाएका छन् । तर शतकबाट मात्र एक रनले चुकेपछि उनले ब्याट फालेका थिए । उनले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरेका थिए । ४१ वर्षका गेलले जमीनमा बल प्रहार गर्ने क्रममा ब्याट हातबाट चिप्लिए आउट भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE