आकाशमा देखिएको अनौठो बस्तु हेटौंडाको जङ्गलमा खस्यो

बिहिबार नेपालको आकाशमा चम्किलो बस्तु देखिएको छ। बिहिबार बेलुका करिब सवा ८ बजेतिर आगोको ज्वाला जस्तो चम्किलो बस्तु आकाशमा देखिएको गण्डकी प्रदेशका स्थानीयहरुले बताएका छन्।  पाल्पा स्याङ्गजा लगायतका प्रत्यक्षदर्शीकाअनुसार केहि सेकेन्ड मात्र आकाशमा चम्किलो बस्तु देखिएको र यसले निकै उज्यालो बनाएको थियो। यता बाग्लुङ आसपासक स्थानीयहरुले ठुलो आवाज सहित आकाशमा चम्किलो बस्तु देखेको बताएका छन् । त्यस्तै गुल्मीका एक स्थानियले पनि अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु आवाज निकाल्दै गएको बताएका छन्। बिभिन्न ठाउँका व्यक्तिहरुले लिएको तस्विरहरु अहिले सामाजिक संजालमा साझा भईरहेका छन्।

चम्किलो बस्तु के हो ?

प्राप्त जानकारी तथा केहि प्रत्यक्षदर्शीसँगबाट प्राप्त जानकारीअनुसार उक्त बस्तु उल्कापिण्ड हुन् सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बिजपाटीलाई बताए।

‘पाल्पाका मान्छेले उज्यालो चम्किलो बस्तु देखेको भन्नु र बाग्लुङका मान्छेले आवाज सहित चम्किलो बस्तु देखेको बताएका छन, यसलाई आधार मान्दा अहिलेसम्मलाई यो उल्का पिण्ड भएको र यो गण्डक प्रदेश क्षेत्र वा त्यस आसपासमा खसेको अनुमान गर्न सकिन्छ तर यहि नै हो भन्ने ठोकुवा गर्न अहिलेनै मिल्दैन’ ।

उल्कापिण्डले के हानि गर्छ ?

यदि यो उल्कापिण्ड भएमा यसले खसेको ठाउँमा केहि न केहि क्षति गर्ने छ । आकाशबाट ७० किलोमिटर प्रति सेकेन्डमा जमिनमा खस्ने उल्कापिण्डले क्षति पुर्याउनु स्वाभाविक हो।

उल्कापिण्ड घरमा खसेमा त्यसले धनजनको क्षति हुन सक्ने, जमिनमा खसे खाल्डो पार्न सक्ने र पानि पोखरीमा खसे सुकाईदिन सक्छ ।

भर्खरै प्राप्त जानकारी अनुशार सो बस्तु हेटौंडा उपमहानगपालिका १९ स्थित नेवारपानीको जङ्गलमा खसेको बताइएको छ । मानवीय क्षति भने भएको छैन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE