आज जनकपुर आइपुग्ने नेपालको रेल (हेर्नुहोस् फोटोफिचर)

नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट आज जनकपुर आइपुग्ने भएको छ। रेल आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE