आज पनि एकैदिन अलग-अलग ‘केन्द्रीय कमिटी बैठक’ राख्दै ओली र प्रचण्ड-माधव पक्ष

संसद् विघटनपछि पहिलोपटक मंगलबार अलग-अलग ‘केन्द्रीय कमिटी बैठक’ राखेका ओली र प्रचण्ड-माधव पक्षले आज (बिहीबार) पनि एकैदिन ती बैठकलाई निरन्तरता दिने भएका छन्।

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिले बिहान साढे ११ बजे बबरमहलमा र प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक राख्ने भएका हुन्।

यस्ता छन् आआफ्ना तयारी
ओली समूहका केन्द्रीय सदस्य कृष्ण राईले आजको केन्द्रीय कमिटी बैठकले चुनावी अभियान कार्यक्रम घाेषणा गर्ने जानकारी दिए।

बिहीबार बिहान नेपालखबरसँग उनले भने, ‘आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीज्यूले चुनावी अभियान लिएर तल्लो तहसम्म खटिन नेताहरूलाई निर्देशन दिनुहुनेछ।’

उता प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य ठाकुर गैरेले भने आजको केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम लिएर तल्लो तहसम्म जाने निर्णय गर्ने बताएका छन्।

‘संसद् विघटनविरुद्ध देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी छ,’ केन्द्रीय सदस्य गैरेले बिहीबार बिहान भने।

WRITE COMMENTS FOR THIS ARTICLE