आज पोर्चुगल र स्पेन भिड्दै…

पोर्चुगल र स्पेनले आज (बुधबार) राति मैत्रीपूर्ण खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति साढे १२ बजे स्टाडियो जोसे अल्भालाडेमा हुनेछ । यी दुई हेबीवेट्स टोलीले यूएफा नेसनस लिग पूर्ण मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । दुवै टोली २०१८ को विश्वकपपछि पहिलोपटक आमने-सामने हुन लागेका हुन् ।

रुस विश्वकप २०१८ को समूह चरणमा भेट हुँदा-हुँदै टोली ३-३ को बराबारी खेलेका थिए । पर्चुगलले गत महिना नेसनस लिगको समूह चरणमा क्रोएसिया र स्विडेनलाई पराजित गरेको थियो । यस साता पोर्चुगलले विश्व विजेता फ्रान्सको सामना गर्दै छ । यता स्पेनले भने नेसनस लिगको सुरुवाती दुई खेलमा एक खेल जित्दा एक खेल बारबी खेलेको थियो । स्पेनले नेसनस लिगमा अब स्विट्जरजरल्यान्डको सामना गर्दै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE