आज बेल र रेगुइलोन टोटेनहम जादै…

बेल पूर्व क्लबमा एक वर्षे लोनका लागि आबद्ध हुन लागेको बताइएको छ । पछि भने उनी स्थायी रुपमा नै क्लबको हिस्सा हुन सक्नेछन् । त्यसका लागि उनले वार्षिक ३० मिलियन युरो र अन्य थप सुविधा प्राप्त गर्नेछन् । बेल र रेगुइलोनले बिहीबार रियलमा अन्तिम दिनका रुपमा बिताए । शुक्रबार बिहानै उनीहरु लन्डनका लागि उड्ने बताइएको छ । उनीहरु सिधै टोटेनहमको मैदानमा पुग्ने जनाइएको छ । रियलले आफ्ना स्टार बेल प्रिमियर लिग टोलीमा आबद्धताको नजिक रहेको मानेको छ । यद्दपी बेल र टोटेनहमबीच सम्झौताको केहि विषयमा भने अझै टुंगो लाग्न बाँकी रहेको उल्लेख गरिएको छ ।

टोटेनहमका प्रशिक्षक जोसे माउरिन्हो बेलप्रति सकारात्मक भएकै कारण क्लबका अध्यक्ष ड्यानीएल लेभीले उनीसँगको सम्झौताका लागि प्रयास गरेका थिए । अब बेल पूर्व क्लबको पुनरागनको अत्यन्तै नजिक छन् । सन् २०१३ मा टोटेनह्यामले रियललाई बेल विक्री गरेको थियो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानसँग बेलको सम्बन्ध खासै राम्रो हुन सकेन । त्यहि कारण पनि उनी क्लब छाड्न चाहिरहेका थिए । जिदान ३१ वर्षे फरवार्डले क्लब छाडे हुने आशय व्यक्ति गरिरहेका हुन्थे । शुक्रबार नै उनको सरुवा प्रक्रिया पुरा हुने अनुमान गरिएको छ । यद्दपी दुवै खेलाडीले बेलायत सरकारले तय गरेका न्युनतम मापदण्ड भने पुरा गर्नुपर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE