आज सुरू हुँदै आइपीएल,मुम्बई र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज (शनिबार) बाट सुरु हुँदैछ । युएईको अबुधाबीमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीचको खेलसँगै आईपीएलको नयाँ सिजन सुरु हुनेछ ।

मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सुखद सुरुवात गर्न चाहन्छ ।

तर, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध मुम्बईलाई सहज भने हुने छैन । किनकी चेन्नई पनि सुखद सुरुवात गर्न चाहन्छ । दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE