आठ पटकको स्थगनपछि नेकपाको स्थायी कमिटी बैठक बस्दै

लगातार ८ पटक बस्दै नबसी स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको नवौँ पटकमा भने बसेको छ।
मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
यसअघि मंगलबार (आज) बिहान ११ बजेको लागि तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।
असार १० गतेदेखि सुरु भएको बैठक असार १८ गते यता लगातार ८ पटक स्थगित भएको थियो।
सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४, २६ र साउन २ गते दुईपटक र ४ गते दुई पटक बोलाइएको बैठक पनि स्थगित गरिएको थियो।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE