आफुमाथि कुटपिट भएको भन्दै प्रहरीमा सुष्मा कार्कीको उजुरी…

कलाकार सुष्मा कार्कीले आफू कुटिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

मंगलबार दिउँसो उनले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा आफू पबमा कुटिएको भन्दै उजुरी दिएकी हुन् ।

सुष्माले कलाकार स्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रसाइलीले आफूविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् ।

सोमबार साँझ श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, स्वेताकी बहिनी आरती र रंगपत्रकार उत्सव रसाइली लण्डन पब पुगेका थिए । सोही पबमा सुष्मा पनि आफ्ना साथीहरूसँग पुगेकी थिइन् ।

पबमा यी दुईबीच कुराकानीका क्रममा झगडा भएको थियो । उजुरीमा सुष्माले आफूमाथि कुटपिट भएको उल्लेख गरेकी छिन् ।

प्रहरीले भने दुवै पक्षलाई बोलाएर कुराकानी गराउने तयारी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE