आफूतिर फर्केको तीन औंला

रोजा लक्जेबर्ग अहिले हामीमाझ छैनन् । पोल्यान्डमा ५ मार्च १८७० मा जन्मिएकी र १२ जनवरी १९१९ हत्या गरिएकी रोजा अन्तराष्ट्रिय समाजवादी नेतृको रुपमा चिरपरिचित छिन् । तर, आफ्नै समूहभित्रका अवसरवादीहरुका कारण त्याहाँका क्रान्तिकारीहरुले ह्दयविदारक यातना भोग्नु पर्यो । रोजाको हत्याका लागि विभिन्न किसिमका बनावटी आरोपहरु लगाइएको थियो । जेल फोरेर भाग्न लागेको बहाना बनाएर उनलाई गोलि हानी मारिएको थियो । आफ्नो प्रतिबद्धताबाट रोजा कहिले पछि हट्दै थिइन् । उनको बहादुरी देखेर लेनिनले उनलाई बाज जस्तै साहसीको संज्ञा दिएका थिए ।

महान् विचारक रोजा लक्जेम्बर्ग विरुद्ध त्यहाँका सरकारी पक्षधर पत्रपत्रिकाहरुले विभिन्न झुट्टा कुराहरु छपाउने गर्थे । एकपटक आफ्नै कार्यकर्ताको समेत कटक्क मन दुख्नेगरी रोजाको नराम्रो कुरा छापियो । यसको कुनै प्रतिक्रिया नदिई चुपचाप बसिन् । यो देखेर उनका शुभेच्छुकले भने, “तपाईले यो कुराको किन खण्डन नगर्नुभएको ? तपाई चुप बसेकोमा जनताहरुले शङ्का गर्दैनन् र ?” यो सुनेपछी रोजाले बाल्यकालमा आफ्नो बाबुले सुनाएको एउटा कुरा भने, जुन कुरा उनले यो उमेरसम्म भुलेका थिएनन्, “जब हामी अरुलाई चोरऔंला देखाएर दोषी भन्छौं ; त्यस बेला तीनवटा औंला आफूतिरै फर्किएको हुन्छ ।”
रोजाले सम्झाउँदै आफ्ना मित्रलाई फेरि भने, “यो कुरा छपाएर जसले मप्रति औंला तेस्र्याएका छन्, त्यतिबेला उनको एउटा औंला मात्रै मतिर ठडिएको छ । तर, उनका आफ्नै तीनवटा औंला उनीतिरै फर्केका छन्। म भन्दा तीनगुणा बढी उनले आफुलाई दोषी स्थापित गरिसकेका छन् । मेलै किन विरोध गरिरहने ?”
रोजाले यति भनिसकेपछि उनका मित्रसँग प्रश्न बाँकी रहेन । उनीहरु चुप भएर बाटो लागे ।

WRITE COMMENTS FOR THIS ARTICLE