आफ्नो सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेकोमा रोनाल्डोलाई महान खेलाडी पेलेको बधाई

फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई महान खेलाडी पेलेले बधाई दिएका छन् । औपचारिक खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोले आफ्नो नाममा लेखाएका छन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो ।

रोनाल्डोले सिरी ए फुटबल अन्तर्गत काग्लिएरीसँग भएको खेलको सुरुको ३२ मिनेट भित्र तीन गोल गर्दैआफ्नो खेल जीवनमा ७७० गोल गरेका छन् । यो पेलेले खेल जीवनमा गरेको भन्दा तीन गोल बढि हो । उनले आफ्नो खेल जीवनमा ७६७ गोल गरेका थिए ।

पेलेले इन्स्टाग्राम मार्फत रोनाल्डोलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ूजीवन एक्लो उडान हो । रहेक यात्राले आफ्नै गन्तव्य तय गर्छ । र तिमीले कति सुन्दर यात्रा गरिरहेका छौँ । म तिमीलाई अति सम्मान गर्छु, तिमी खेल्दै गरेको हेर्न आनन्द लाग्छ र यो कुरा कसैबाट छिपेको छैन । औपचारिक खेलमा मैले बनाएको गोल कीर्तिमान भंग गरेकोमा धेरै बधाई ।ू रोनाल्डोले पेलेप्रति आफ्नो असीमित सम्मान र आदर रहेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE