आमा बन्दै प्रियंका कार्की

नायिका प्रियंका कार्की आमा र अभिनेता आयुष्मान देशराज जोशी सन्तान लाभ गर्ने तयारीमा रहेका छन्। आफ्नो जोडी आमाबुवा बन्न लागेको जानकारी प्रियंकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत् दिएकी हुन्।

आयुषमानसँगै आफ्नो गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै उनले आफू गर्भवती रहेको बताएकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘तपाईं सोध्न बन्द गर्न सक्नुहुन्छ, हामी गर्भावस्थामा छौं।’ केही वर्ष पहिले प्रेमी आयुष्मान देशराजसँगको सम्बन्धलाई उनले वैवाहिक जीवनमा परिणत गरेकी थिइन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE