आलिया भट्टलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री आलिया भट्टमा कोरोना संक्रमण पुष्टि भएकमो छ । उनले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । आफू संक्रमित भएपछि अहिले होम आइसोलेसनमा बसेको जनाएकी छन् ।

आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको थियो। त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन्। त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा संक्रमण पुष्टि भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE