आहा रारा गोल्डकप: एपीएफलाई २–० गोलले पराजित गर्दै संकटा फाइनलमा

आहा रारा गोल्डकप फुटबल अन्तर्गत संकटा क्लबले नेपाल एपीएफ क्लबलाई २–० अन्तरले पराजित गरेको छ । क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफइनलमा पुगेको संकटाले पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई पराजित गरी संकटा फाइनल प्रबेश गरेको हो ।

संकटाका लागि ३३ औं मिनेटमा सुवास गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE