अटुरो भिडाल इन्टर मिलानमा…

स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर अटुरो भिडाल पुनः इटालियन सिरी ‘ए’ मा फर्किएका छन् । उनलाई इन्टर मिलानले १ मिलियन युरोमा अनुबन्ध गरेको हो । चिलीका यी ३३ वर्षीय खेलाडी र इन्टर मिलानबीच २ वर्षको सम्झौता भएको छ ।

भिडाल यसअघि पनि सिरि ‘ए’ टिम युभेन्टसमा थिए । सन् २०११ देखि २०१५ युभेन्टसमा रहँदा उनले ४ सिरी ‘ए’ उपाधि जितेका थिए । युभेन्टसबाट जर्मन क्लब बायर्न म्युनिख पुगेका भिडाललाई बार्सिलोनाले सन् २०१८ मा अनुबन्ध गरेको थियो । बर्सिलोनामा २ सिजन बिताउँदा ९६ खेलमा ११ गोल गरेका भिडालले त्यहाँ १ ला लिगा तथा १ सुपर कोपाको उपाधि जितेका थिए । चिलीका लागि उनले ११५ खेलमा २८ गोल गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE