इन्डियन आइडलका पवनदीप राजनलाई कोरोना संक्रमण

इन्डियन आइडलको जारी सिजनका लोकप्रीय पवनदीप राजनलाई कोरोना संक्रमण भएको छ । इन्डियन आइडलका होस्ट आदित्य नारायणलाई कोरोना भाइरसको संक्रमण भएपछि सबैको परीक्षण गर्दा पवनदीपमा संक्रमण पत्ता लागेको हो । संक्रमित पवनदीप होटलमै क्वारेन्टाइनमा छन् ।

पवनदीप इन्डियन आइडल सिजन १२ को उपाधिका मुख्य दाबेदार छन् । उनी गायन र वाद्यवादनसहित बहुमुखी प्रतिभाका कारण चर्चामा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE