“इस्कोलाई क्षमताअनुसार अवसर दिएको छैन ।”:प्रशिक्षक जिदान

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी इस्कोलाई आफूले पर्याप्त अवसर नदिएको स्वीकार गरेका छन् । पछिल्लो समय इस्कोले धेरै समय खेल्ने चाहना राख्दै क्लब छाड्न चाहेको समाचार बाहिर आएका बेला जिदानले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘इस्को महत्वपूर्ण खेलाडीको रुपमा रहनेछन्, यो सत्य हो कि उनले धेरै खेलिरहेका छैनन् र उनले आफू कस्तो खेलाडी हो भनेर देखाउनका लागि मैले उनलाई अवसर दिइरहेको छैन’ जिदानले भने, ‘मेरो खेलाडीका लागि म माफी माग्छु र उनीहरुसंग मैले जुन अनुभव गरेको छु त्यो म कहिल्यै बिर्सने छैन ।’

इस्कोले अवसर पाउन मेहनत गर्नुपर्ने पनि जिदानले बताए । ‘अर्को अवसरका लागि उनले कडा मेहनत गर्नुपर्छ तर बाहिर मिडियामा जे आइरहेको छ त्यसमा म प्रतिक्रिया दिन सक्दिन किनकी त्यसमा हाम्रो कन्ट्रोल छैन ।’

रियलले पछिल्लो तीन खेल खेल्नुअघि जिदानको पद धरापमा थियो । तर उनले कठिन समयमा रियलको प्रशिक्षकको रुपमा सफलता हात पारे । ‘म कुनै कुरा प्रमाणित गर्ने लक्ष्य राख्दिन । म यहाँ भएको हरेक मोमेन्टको फाइदा लिनेछु’ जिदानले भने । उनले आफूसँग राम्रा खेलाडी रहेको र उनीहरुसंग काम गर्नुबाहेक अरु केही कुरा नरहेको पनि बताए ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE