एउटा यस्तो गाउँ, केन्द्र नभएको राजनैतिक अभ्यास उक्त गाउँका हुने गर्छ

हरिकृष्ण ऐडि, मुगु। मान्छेले जन्मे पछि हरेक कुराहरु समाजबाट नै सिक्दै आएको हुन्छ। यहि समाजमा नै जिउँदाको जन्ति र मर्दाको मलामी समाजिक मान्यतामा रहि समाजिक सेवाको काम कर्तव्य गरेका हुन्छन् ।
तर यस बस्तीका मान्छेहरु अल्पमत र बहुमतको राजनैतीक खेलाडि भई समाजलाई नै नकारात्मक असर पर्ने गरी असामाजिक काम गर्दछन् ।

मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ६ स्थित लिउँडि गाउँमा २७ घर धुरि परिवारहरु बसोबास गर्दै आएका छन् । यस बस्तीका बासिन्दाहरु नेकपा र नेपाली काँग्रेसका भन्दै राजनितीक कलह उब्जाई रहेका छन्। राजनैतिक संस्कार र बिचार नमिल्दा कार्यकर्ताहरु आफुहरु लाई पार्टिका भक्त पुजारी सम्झिन्छन्। गाउँमा बहुमत र अल्पमत भई हरेक बिकास निर्माणका काममा किचलो चल्दै आएको छ। परापूर्वकालदेखि चल्दै आएको अन्न पिसिखाने घट्ट नेपाली काँग्रेसको भयकाले नेकपाका घरधुरिहरुलाई अन्न पिस्न नदिएपछि नेकपाका समर्थित कार्यकर्ता  घरघुरि हरु डेडघण्टा टाढा लगाएर कोटिला बस्तिमा गई अन्न पिस्दै आएका आएका थिए। अहिले ८ घरघुरिहरु ले आफ्नै गाउँमा मिलिजुली घट्ट निर्माण गरेपछि उक्त समस्या अनत्य भएको कुरा नेकपाका एक पक्षधरले बताएका छन्।

“यस बस्तीमा नेपाली कांग्रेसका घरधुरिहरु ले बिकासी काममा र अन्य ठाउँमा बाधा अवरोध र बिरोध मात्र गर्छन, भने उनीहरु सामाजिक काममा पनि सहभागी हुदैँनन्”  नेपाली काँग्रेसका समर्थक प्रेम बहादुर सेजुाल बताउँछन्।

“नेकपाको अल्पमत भएकै कारणल हाम्रो समाजिक दायित्व हुने गरि कुनै काममा पनि हाम्रो कुराहरु नेपाली काँग्रेसका पक्षधरले हाम्रो बिचारलाई प्रथामिकतामा सहमत नदिएपछि हामी बाध्य भएर नै अलगिएका हौं।”  नेकपाका सुर्य बहादुर सेजुवाल  बताउँछन्।

उक्त वडा कार्यालयका हर्क बहादुर ऐडिले भने अनुसार लिउँडि गाउँमा चलिरहेको राजनैतिक लडाँईका कारणले नै समाजमा पक्ष बिपक्ष हुन लागेको समबन्ध बारे वडालाई कुनै जानकारी नआएको बताए।

 

WRITE COMMENTS FOR THIS ARTICLE