एटलान्टाका विंगर अमद डियालो म्यानचेस्टर युनाइटेडमा…

म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब युनाइटेडले १८ वर्षीय विंगर डियालोलाई इटालियन क्लब एटलान्टाबाट अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका युवा विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ । युनाइटेडले डियालोका लागि १९ मिलियन पाउण्ड खर्च गरेको छ ।

युनाइटेडले गत अक्टोबरमै डियालो अनुबन्धको सम्झौता पक्का गरेको थियो । सम्झौताअनुसार डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन् । र एक वर्ष सम्झौता थपको विकल्प समेत रहेको छ । एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका डियालोले एक गोल समेत गरेका छन् । गत वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE