एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीलाई कोरोना संक्रमण…

स्पेनिस फुटबल क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय सिमोनीमा संक्रमणको कुनै लक्षण भने देखा परेको छैन । उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेका छन् ।

एट्लेटिकोले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको थियो । सिमोनीबाहेक टीममा अरुको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको बताइएको छ । एट्लेटिकोले २७ सेप्टेम्बरमा ग्रानाडाविरुद्धको खेलबाट यो सिजनको सुरुवात गर्दैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE