एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टे आर्सनलमा अनुबन्धि…

प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टेलाई अनुबन्ध गरेको छ । पछिल्लो समय ला लिगा फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनलाई इङ्लिस क्लबले अनुबन्ध गरेको हो । आर्सनलले उनलाई ४३ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनी सन् २०११ म एट्लेटिकोमा अनुबन्ध भएका उनले क्लबका लागि १३२ लिग खेल खेल्दै १२ गोल गरेका थिए । पार्टे एट्लेटिकोका उत्पादन हुन् ।

२७ वर्षीय घानाका मिडफिल्डरले राष्ट्रिय टोलीका लागि २७ खेल खेल्दै १० गोल गरेका छन् । उनले एट्लेटिकोबाट सन् २०१७/१८ मा युरोपा लिग र सन् २०१८ मा सुपर कप जितेका थिए । यो सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको आर्सनलले लिगमा तीन खेल खेल्दै दुई खेलमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE