एट्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोष्टालाइ कोरोना संक्रमण

एट्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोष्टा र रक्षक सान्टियागो एरियास कोरोना संक्रमित भएका छन्। स्पेनिस क्लब एट्लेटिकोले बिहीबार दुई खेलाडीमा कोभिड-१९ पोजिटिभ आएको पुष्टि गरेको हो।  दुवै खेलाडी क्वारेन्टाइनमा बसेका छन्। नयाँ सिजनको अभ्यासको पहिलो दिन दुवै खेलाडी अनुपस्थित रहेका थिए।

बिहीबार क्लबको अधिकांश खेलाडीको परिक्षण गरिएको थियो। जसमा कोष्टा र एरियासको नतिजा पोजेटिभ देखिएको हो। तथापी दुवै खेलाडीमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको क्लबले जनाएको छ।

एट्लेटिको मड्रिडले २७ सेप्टेम्बरबाट ग्रानाडाविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ। च्याम्पियन्स लिगका कारण ढीला सिजन सकिएकाले एट्लेटिकोको पहिलो दुई खेलको तालिका परिवर्तन गरिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE