म्यान्चेस्टर युनाइटेड आउदै एडिसन कभानी…

पेरिस सेन्ट जर्मेनका पूर्व स्ट्राइकर एडिसन कभानीलाई म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गर्ने भएको छ । कभानी आइतबार बेलायत आइतबार आइपुग्नेछन् । ३३ वर्षीय उरुग्वेका खेलाडी र युनाइटेडबीच छलफल भइरहेको तर तत्काल कुनै सहमतिमा भने पुगिनसकेको बताइएको छ । यद्यपि, उनले क्लबसँग २ वर्षको करार गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

गत जुनबाट पीएसजीसँग उनको करार सकिएको थियो । नेयमारसँग सम्बन्ध चिसिए पछि क्लब छाडेका उनले आफूसँग युरोपिन फुटबललाई अझै धेरै दिन बाँकी रहेको बताएका छन् । सम्झौतालाई अन्तिमरुप दिन उनी र क्लबका अधिकारीहरुबीच प्रत्यक्ष छलफल हुनेछ । कभानीले विभिन्न क्लबका लागि ५५६ खेलमा ३४१ गोल गरेका छन् । पीएसजीका लागि उनले ३०१ खेलमा २०० गोल गरेका छन् । उरुग्वेका लागि उनले ११६ खेलमा ५० गोल गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE