एफए कप : आर्सनल र लेस्टर सिटी लिगको चौंथो चरणमा…

शनिबार राति भएको खेलमा विजयी हुँदै लेस्टर सिटी र आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेका छन् । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले स्टोक सिटीलाई ४–० ले पराजित गर्यो ।

खेलको पहिलो हाफको ३४ औं मिनेटमा लेस्टर सिटीका लागि जस्टिनले पहिलो गोल गरे । पहिलो हाफमा १–० ले अग्रता लिएको लेस्टर सिटीले दोस्रो हाफमा थप तीन गोल गर्यो । दोस्रो हाफको ५९ मिनेटमा अब्राइग्टन, ७९ औं मिनेटमा पेरेज र ८१ औं मिनेटमा बार्नेसले गोल गर्दै स्टोक सिटीमाथि ४–० को शानदार जित दर्ता गरेका हुन् ।

उता अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको छ । खेल अवधिभर गोल हुँन नसक्दा आर्सनल र न्युक्यासलको खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ मिनेटमा स्मिथ रोब र ११७ मिनेटमा पियर एमरिकले गोल गर्दै आर्सनललाई चौंथो चरणमा पुर्याएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE