एफए कप: चौथो चरणमा म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै…

प्रिमियर लिगका दुई क्लबबिच एफए कप फुटबलको चौथो चरणमै भेट हुने भएको छ । एफए कपको सार्वजनिक ड्र अनुसार जनवरीको अन्त्यमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबिच खेल हुने तय भएको हो । चौथो चरणको खेल म्यानचेस्टर युनाइटेडको मैदानमा हुनेछ ।

लिग बिहीन चोर्लीले प्रिमियर लिग क्लब वुल्भ्स, लिग टू क्लब चेल्टेनहाम टाउनले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ । चौथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुने छन् । जोसे मोरिन्होको टिम टोटनह्यामले विकोम्बे वान्डर्स तथा वेष्ट ह्यामले डनचेस्टर रोभर्ससँग खेल्ने तय भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE