एफए कप : म्यानचेस्टर सिटी र चेल्सी लिगको चौंथो चरणमा…

एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीले मोरेकाम्बेलाई हराउँदै चौथो चरणमा प्रवेश गरेको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले ४-० को सानदार जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट, टिमो वेर्नर, कलुम हुडसन ओडोइ र काइ हाभेर्ट्जले गोल गरे।

खेलको १८ औं मिनेटमा माउन्टले खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४४ औं वेर्नरले गोल गर्दा पहिलो हामा चेल्सी दुई गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा हुडसन-ओडोइले चेल्सीलाई अघि बढाए। उनले खेलको ४९ मिनेटमा गोल गर्दा हाभेर्टजले ८५ औं मिनेटमा गोल गरे।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्मिङ्घममाथि ३-० गोल अन्तरले जित निकाल्यो। सिटीको जितमा बर्नान्डो सिल्भाले २ गोल गर्दा फिल फोडेनले १ गोल गरे। सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको ८ ‍औं मिनेटमै सिटीलाई अग्रता दिलाएका सिल्भाले १५ औं मिनेटमै दोस्रो गोल गरेका थिए। त्यस्तै फोडेनले ३३ औं मिनेटमा गोल गरेका थिए। जितसँगै सिटी चौथो चरणमा प्रवेश गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE