एफए कफ: युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लेस्टर सिटी सेमिफाइनलमा

एफए कफ फुटबल अन्तर्गत लेस्टर सिटी म्यान्चेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन केलेची हेनाकोले दुई गोल गरे । त्यस्तै युरी टिलेमान्सले एक गोल गरे । उता युनाइटेडका लागि मसोन ग्रिनउडले एक गोल गरे ।

खेलको २४ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ग्रिनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको लेस्टरले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ५२ औं मिनेटमा टिलेमान्सले गोल गर्दै लेस्टरको अग्रता २–१ को बनाए । ७८ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई ३–१ गोलको जितसँगै सेमिफाइनलमा पुगाउन सहयोग गरे । अब लेस्टरले फाइनल प्रवेशका लागि साउथह्याप्टनसँग प्रतिस्पर्धा गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE