एमबाप्पे भन्छन् : फ्रेन्च फुटबलको इतिहास रच्‍न चाहन्छु…

पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार स्ट्राइकर केलियन एमबाप्पेले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको फाइनल खेलमा जित्दै इतिहास बनाउन तयार रहेको बताएका छन् । २१ वर्षीय एमबाप्पेले च्याम्पियन्स लिगको उपाधि जित्दै फ्रेन्च फुटबलको इतिहास खेल्न चाहेको बताएका हुन् ।

“मैले सधैं भन्‍ने गरेको थिए कि म फ्रेन्च फुटबलको इतिहास रच्‍न चाहन्छु । जुन अवसर मसँग आज ९आइतबार० छ,” एमबाप्पेले भने, “जब म २०१७ मा पीएसजी आइपुगे, त्यतिबेला निकै कठिन थियो । अब हामी फाइनलमा छौं । यसले देखाउँछ कि हामीले हार मानेनौं र फ्रान्सेली टोलीलाई च्याम्पियन्स लिग जित्‍न अगाडि बढायौं ।”

एमबाप्पेले दर्शकविनाको रंगशालामा खेल्न निकै गाह्रो भएको बताएका छन् । उनले यस अवस्थामा आफ्ना समर्थकको आवश्‍यकता हुने भएकाले खेल्न गाह्रो भएको बताए । एमबाप्पेले गत महिना बोकेको चोटबाट आफू पूर्ण रुपमा फिट भएको बताएका छन् । “बायर्न म्युनिख एक ठूलो टोली हो तर सबै टोलीमा कमजोरीहरू छन् । हामीलाई थाहा छ उनीहरूले खेल बदल्न मन पराउँदैनन्,” उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE