एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा कप्तान किरण चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघले सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

मनोनयन सार्वजनिक गर्दै एएफसीको वेबसाइटमा लेखिएको छ, ‘नेपाल यस इन्टरनेसनल विन्डो’ (अन्तर्राष्ट्रिय खेलको लागि छुट्याइएको अवधि) मा सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको थियो । तर, आत्मविश्वास वृद्धि गर्दै त्यसलाई अन्त्य गऱ्यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर एवम् कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा (दुई खेलमात्रै अन्तर्राष्ट्रिय) एक गोलमात्रै बेहोरे र सुनिश्चित–नेपालको जित) गर्दै विराज महर्जनको बिदाइलाई भव्य बनाइदिए ।’

 

https://www.the-afc.com/news/afcsection/azmoun-osako-mabkhout-and-more-vote-for-your-afc-national-team-player-of-the-wee

WRITE COMMENTS FOR THIS ARTICLE