ओस्कार विजेता अभिनेता क्रिष्टोफल प्लमरको निधन…

ओस्कार अवार्ड विजेता अभिनेता क्रिष्टोफल प्लमरको निधन भएको छ। प्रतिष्ठित क्यानडियन अभिनेता प्लमरको ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

लामो चलचित्र करिअरमा उनी द साउण्ड अफ म्युजिकमा निर्वाह गरेको क्याप्टेन भोन ट्रापको भूमिकाका कारण सर्वधिक परिचित भए। उनले सन् २०१२ चलचित्र बिगिनर्सका लागि ओस्कार अवार्ड जितेका थिए। यस्तै सन् २०१० मा द लास्ट स्टेसन र २०१८ मा अल द मनी इन द वर्ल्डका लागि ओस्कारमा मनोनित भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE