औवामियाङको आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता…

इंग्लिस क्लब आर्सनलका फरवार्ड पेरिक एम्रिक औवामियाङले क्लबसँग नयाँ सम्झौता गरेका छन् । गावोनका फरवार्ड औवामियाङले आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै औवामियाङ सन् २०२३ सम्म क्लबमा रहने छन् ।

३१ वर्षीय फरवार्डले आकर्षक तलबसहित आर्सनलसँग सम्झौता नवीकरण गरेका हुन् । औवामियाङको आर्सनलसँगको सम्झौता करिब १० महिना बाँकी रहेको थियो । तर, सम्झौता नसकिदै आर्सनलले औवामियाङसँग नयाँ सम्झौता गरेको हो ।

सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका उनले सिजनको पहिलो खेलमै गोल गरिसकेका छन् । फूलहमसँगको पहिलो खेलमा ३–० को जित निकाल्दा उनले एक गोल गरेका थिए । गत सिजन आर्सनलले एफए कपको उपाधि जित्दा औवामियाङले दुई गोल गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE