काँग्रेसबाट राप्रपा संयुक्त प्रवेश ग‍र्नेको लर्को

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) प्रवेश गर्ने क्रममा बृद्धी भएको छ । नेता तथा ५० औं  यूवा कांग्रेस परित्याग ग़री राप्रपा संयुक्त प्रवेश गरेका छन् । राप्रपा संयुक्तद्वारा आयोजित एक कार्यक्रममा नव प्रवेशीलाई पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले टिका लगाएर पार्टिमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका उच्च कार्य सम्पादन सदस्य श्याम तिमल्सिना, तारा लुइंटेल, सचिवालय सदस्य मिना शाही, विद्यार्थी संगठनका महामन्त्री विजय काफ्ले एवम् पार्टी केन्द्रिय सदस्य गोपाल थापा लगाएतको उपस्थिती रहेको थियो ।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस काठमाडौं  क्षेत्र नम्बर ४ का यूवाहरु रहेको सो पार्टिका केन्द्रीय सदस्य एवम्  युवक संगठनका अध्यक्ष फणिराज लोहनी राजुले  जानकारी दिएका छन् ।

सो अवसरमा अध्यक्ष लोहनीले अबको बिकास निर्माणमा युवाको अहम् भुमिका हुने भन्दै संगठन विस्तारमा सक्रिय हुन  कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । पार्टीले अंगीकार गरेका एजेण्डालाई तल्लो तहसम्म पुर्‍याउन संगठन विस्तार अनिवार्य रहेको बताए । साथै देशमा बढिरहेको भ्रष्टचार विरुद्ध कडा कदम चाल्ने चेतावनी दिदै युवाहरुलाई तयार अवस्थामा रहन युवक संगठनका अध्यक्ष फणिराज लोहनी राजुले उद्घोष गरेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE