उपत्यकामा एकै दिन थपिए ३७७ कोरोना संक्रमित: नेपालभर ११११ थपिए, मृत्यु हुनेको संख्या १८३ पुग्यो

पछिल्लो २४ घण्टामा एक हजार बढीमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार थप एक हजार एक सय एघार जनामा संक्रमण पुष्टि भएको छ।

सवैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन्। काठमाडौंमा २७० जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ६६ र भक्तपुरमा ४१ गरी राजधानी उपत्यकामा ३७७ जनामा संक्रमण पुष्टि भएको छ।

राजधानी पछाडि पर्सामा ८५, बाँकेमा ७५ र रुपन्देहीमा ७२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयले मोरङमा २०, धनुषामा ३९, सप्तरीमा २२, कैलालीमा २० जनामा संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएको सहित संक्रमित संख्या ३५ हजार ५२९ पुगेको छ।

बितेको २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन्। बिहीबार घर फर्किएका सहित निको हुने संक्रमित संख्या २० हजार ७३ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ५६ प्रतिशत निको भएर घर फर्किएका छन्।

१२ हजार ६२९ जनाको पीसीआर रिपोर्ट आएको हो। त्यस मध्ये ३३४ जना महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। गएको ९ माघमा पहिलो संक्रमण पुष्टि भएको नेपालमा बिहीबारसम्म ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो समय फेरि संक्रमण बढेसँगै उपचारत संक्रमित संख्या १५ हजार २७३ पुगेको छ। त्यस मध्ये ९ हजार ६३ संस्थागत र ६ हजार २१० जना होम आइसोलेसनमा छन्। घरमै उपचार गराउनेमा प्रदेश १ मा ३७७, प्रदेश २ मा तीन हजार ८०४, बागमती प्रदेशमा एक हजार ५२८, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा ४०७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ छन्।

बिहीबार थप आठ जनाको संक्रमणबाट मृत्यु भएको छ। बिहीबार आठ जनाको मृत्यु भएपछि नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ।

उपत्यका अपडेट

बिहीबार राजधानी उपत्यकामा ३७७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी काठमाडौंमा मात्रै २७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। बिहीबार थपिएको सहित राजधानी उपत्यकामा संक्रमित संख्या चार हजार नाघेको छ।

उपत्यकाका तीन जिल्लामा संक्रमित संख्या चार हजार २३० पुगेको छ। लगातार राजधानी उपत्यकामा संक्रमण दर बढ्दै गएको छ। गएको ७ साउनमा बन्दाबन्दी खुलेयता काठमाडौमा संक्रमण बढ्दै गएको हो। बिहीबार देशभर एक हजार एक सय एघार संक्रमित थपिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE