कारबाओ कप: म्यानचेस्टर युनाइटेडलाई २-० गोलले हराउँदै सिटी फाइनलमा….

कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीले जित निकालेको छ। गएरातिको सेमिफाइनल खेलमा युनाइटेडलाई २-० गोलअन्तरले हराउँदै सिटी फाइनल प्रवेश गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले खेलको ५० औं मिनेटमा अग्रता बनाएको थियो। सिटीलाई अग्रता जोन स्टोनेसले दिलाएका थिए भने फेरनान्डिन्होले ८३ औं मिनेटमा सिटीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। जितसँगै सिटी फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले टोटेनहम हट्सपरको सामना गर्नेछ। फाइनलमा जितेको खण्डमा सिटीले लगातार चौथो वर्ष इएफएल कारबाओ कपको उपाधि जित्नेछ।

 

WRITE COMMENTS FOR THIS ARTICLE