काराबाओ कप:बार्न्सलेको पोस्टमा चेल्सीको आधा दर्जन गोल

काई हाभार्टजको ह्याट्रिकमा चेल्सीले गएराति काराबाओ कपमा बार्न्सलेमाथि ६-० को फराकिलो विजय हासिल गरेको छ। बायर लेभरकुसेनबाट ७ करोड १० लाख पाउण्डमा चेल्सीसग आवद्ध भएका जर्मनीका २१ वर्षे हाभार्टजले क्लबका लागि पहिलो गोल गरेका हुन्।

टमी अब्राहमको गोलबाट चेल्सीले १९औं मिनेटमा अग्रता लिएको थियो। जारी सिजन अब्राहमको यो पहिलो गोल हो। हाभार्टजले २८औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाएर। एकतर्फी बनेको खेलमा रोस बार्कलीले ४९औं मिनेटमा अर्को गोल थपे।

५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हाभार्टजले ६५औं मिनेटमा ह्याट्रिक गरेका हुन्। खेल सकिन सात मिनेट बाँकी हुँदा ओलिभर जिरौडले अर्को गोल थपेका थिए। ‘‘हाभार्टजको प्रदर्शनबाट खुसी छु,’’ चेल्सीका प्रशिक्षक लामपार्डले भने, ‘‘उनीबाट मैले जे चाहेको थिए, त्यो प्रदर्शन आज गरे।’’

हाभार्टजले सिनियर टीम करिअरमा ह्याट्रिक गरेका यो पहिलो हो। उनले २०२० सिजन सबै खाले प्रतियोतिगामा गरी १८ गोल गरेका छन् भने आठ गोलमा अवसर सिर्जना गरेका छन्। युरोपियका शीर्ष पाँचा लिगमा हाभार्टजभन्दा राबर्ट लेवनडोवस्की(३५), लियोनल मेसी (३२) र क्रिष्टियानो रोनाल्डो (३१) मात्र धेरै गोलमा संलग्न छन्।

WRITE COMMENTS FOR THIS ARTICLE